Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

  • 447
    SHARES
  • भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

    नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब ५ लाखको सामग्री प्रहरीले बरामद गरेको छ ।

    भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मंगलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए ।

    नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) को रामग्राम नगरपालिका-१ का ४० वर्षीय पशुपति चमारले चलाएको उक्त सवारीसाधन जाँच गर्ने क्रममा चिउराको भुसले छोपेर ल्याउँदै गरेको बिनाबिलको ५० किलो तौलका १०० बोरा चिनी तथा १५ कार्टुन रेडबुल बरामद गरिएको गिरीले बताए ।

    प्रहरीले बरामद गरेको चिनीको मूल्य ४ लाख तथा रेडबुलको मूल्य ९० हजार पर्छ । बरामद गरिएको सामग्रीसहित ट्रक र चालक तथा रामग्राम नगरपालिका-१ का ४१ वर्षीय हिरामणि मिश्रलाई महेशपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij