Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एकैदिन काठमाडौं उपत्यकाका १५ सय ७७ सवारी चालक कारवाहीमा परे

एकैदिन काठमाडौं उपत्यकाका १५ सय ७७ सवारी चालक कारवाहीमा परे

  • 339
    SHARES
  • एकैदिन काठमाडौं उपत्यकाका १५ सय ७७ सवारी चालक कारवाहीमा परे

    काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरीले बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरेको हो । 

    महानागरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् । 

    ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij