Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

शंकास्पद वस्तु राख्ने ९ जना पक्राउ  

शंकास्पद वस्तु राख्ने ९ जना पक्राउ  

  • 483
    SHARES
  • शंकास्पद वस्तु राख्ने ९ जना पक्राउ  

    काठमाडौं । झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का ४१ वर्षीय भिष्म थापा, दमक नगरपालिका–९ चियादोकान चोकका ५० वर्षीया देवी बास्कोटा(गुरागाई), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला रहेका छन् । 

    शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगञ्ज गाउँपालिका–३ का ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदिप थापा, गौरीगञ्ज गाउँपालिका–३ का ४५ वर्षीय विजय कुमार दास हलुवाइ र संखुवासभा खाँदवारी नगरपालिका–१० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने २९ वर्षीय मनमोहन दाहाललाई पनि पक्राउ गरिएको छ । 

    एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संग्लग्न उनीहरुलाई विभिन्न कागजात तथा ६ थान मोबाइल सहित पक्राउ गरेको हो । 

    उनीहरुविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij