वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहका छाेराकाे विहेमा गएका छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहान प्रकाशमान निवास चाक्सीबारी पुगेर सिंहका परिवारलाई भेटेका हुन् । सिंहका छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए ।
सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवाले बधाई दिएर फर्किएका हुन । त्यस्तै बिहेमा गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक कोइराला लगायत पुगेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij