Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

फिलिपिन्सलाई नेपालले दियो २१९ रनको फराकिलो लक्ष्य 

फिलिपिन्सलाई नेपालले दियो २१९ रनको फराकिलो लक्ष्य 

  • 631
    SHARES
  • फिलिपिन्सलाई नेपालले दियो २१९ रनको फराकिलो लक्ष्य 

    काठमाडौं । टि–२० वल्ड्रकप क्वालिफायर अन्तर्गत ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको फराकिलो लक्ष्य दिएको छ । खेल विहान ११ः४५ बजेदेखि सुरु भएको थियो ।

    फिलिपिन्सविरुद्धको म्याचमा पहिलो ब्याटिङ गर्दै नेपालले २१८ रनको विशाल स्कोर खडा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक र दिपेन्द्र ऐरीले अर्धशतक बनाएका छन् । टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गरेको थियो । 

    कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका हानेका थिए । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गरेका थिए ।

    फिलिपिन्सका लागि डेनियल स्मिथ, गुरभुपिन्दर चोहान र मिगी पोडोस्कीले १–१ विकेट लिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij