Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोरोनाका १५९ संक्रमित आईसीयू र भेन्टिलेटरमा

कोरोनाका १५९ संक्रमित आईसीयू र भेन्टिलेटरमा

  • 451
    SHARES
  • कोरोनाका १५९ संक्रमित आईसीयू र भेन्टिलेटरमा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभरका विभिन्न जिल्लाका अस्पतालहरुमा १५९ जना कोरोना संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    आज देशभर १४२ जना कोरोना संक्रमण भएका बिरामीलाई आईसीयूमा र १७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    यसैगरी मधेश प्रदेशमा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११० जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा ४ र लुम्बिनी प्रदेशमा ७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसैगरी कर्णाली प्रदेशमा १ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा ८ जना कोरोना संक्रमणका विरामीलाई आईसीयूमा र १ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वस्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij