वेबटिभी खबर
काठमाडौं । चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा आज सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नं को टिपरको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ ।
टिपरको ठक्करले काभ्रे महाभारत गाउँपालिका-२ घर भई हाल सुडालस्थित इँटाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी आठ वर्षीया छोरी बिनिताको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
ठक्करबाट घाइते बालिकाको ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचारपछि मध्यपुर अस्पताल थिमिमा आज मृत्यु भएको उपरिक्षक पाण्डेले जानकारी दिए । चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मा र टिपरलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij