काठमाडौं । संयुक्त राष्ट्र संघको खोप अभियान कोभ्याक्स कार्यक्रमअन्तर्गत खोप लगाउने काममा अवरोध पुग्न सक्ने संकेत देखिएको छ । यसका कारण विश्वका ६० वटा गरिब देशमा खोप अभियान प्रभावित हुन सक्छ ।
युनिसेफको तथ्यांकअनुसार गत दुई सातामा ९२ विकाशिल देशमा आपूर्ति गर्न २० लाखभन्दा थोरै कोभ्याक्स डोजलाई अनुमति दिइएको छ । तर बेलायतमा मात्र यति नै मात्रामा खोप आपूर्ति गरिएको छ ।
डब्ल्युएचओका महानिर्देशक टेड्रस अदानोम गेब्रेयससका अनुसार धनी देशमा औसत चारमध्ये एक व्यक्तिले खोप लगाइसकेका छन् । तर कम आय भएका देशमा ५०० मानिसमा एक जनाले मात्र खोप लगाएका छन् ।
ब्लुमवर्ग खोप ट्रयाकरको तथ्यांकअनुसार न्युन आय भएका देशको तुलनामा उच्च आय भएको देशमा २५ गुणा बढी खोप लगाइएको छ ।
गरिब तर विश्वको ११ प्रतिशत जनसंख्या भएका देशमा १.६ प्रतिशत मानिसले मात्र खोप पाएका छन् । विश्वको सबैभन्दा गरिब महाद्धीप अफ्रिकामा खोप अभियान सबैभन्दा कम छ । त्यहाँका २० भन्दा धेरै देशमा खोप अभियान अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij