काठमाडौं । पर्वतारोहणका लागि उपयुक्त मानिने यस वर्षको वसन्त याममा हिमाल आरोहणवापत पर्यटन विभागले हालसम्म ३३ करोड ९९ लाख ५० हजार चार सय ९६ रोयल्टी संकलन गरेको छ । हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ ।
यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइँमा पर्छन् । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो ।
वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म २६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । विभागको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा ९८,८४८।८६ मिटर० आरोहणका लागि सबैभन्दा बढी २६आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से ८,५१६ मिटरमा चार, नुप्से ७,८६४ मिटरमा तीन र पुमरी ७,१६१ मिटरमा एक आरोही समूह छन् ।
यस्तै पुमरी ७, १६१ मिटरमा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल ८,०९१ आरोहणका लागि चार र धौलागिरि हिमाल ८,१६७ मिटरमा चार समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल ८,१६३ मिटरमा एक आरोही समूह छ । सङ्खुवासभामा पर्ने मकालु हिमाल ८,८४६३ मिटर आरोहणका लागि एक समूहले अनुमति लिएको छ ।
सगरमाथा आरोहणका लागि २६ समूहका दुई सय ४४ आरोही छन् । ल्होत्स आरोहणका लागि ५५, अन्नपूर्णमा ४४, धौलागिरिमा ३०, नुप्सेमा २३, टुकुचेमा आठ, पुमरीमा पाँच र मनास्लुमा एक आरोही आरोहणका लागि गन्तव्यतर्फ लागेका छन् ।
कोभिड-१९ महामारीकाबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् ।
सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ ।
एकातर्फ प्रतिकूल परिस्थितिका बावजुद पनि पर्वतारोहणका लागि बाक्लो संख्यामा विदेशीको आगमन अर्कोतफ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका चार सय १९ आरोहीले आरोहण अनुमति लिएका छन् ।
विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij