सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा चैत १ गते भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय रामजतन मुखिया रहेका छन् । विस्फोट घटनामा संलग्न भई फरार रहेको र खोजतलास गर्ने क्रममा शनिबार लहान-१ स्थित लोकतन्त्र चोकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने कार्यालय बाहिर कुकर बम विष्फोट गराएका थिए । यसभन्दा अगाडि प्रहरीले सुखिपुर नगरपालिका-५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका–३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij