Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमसीसीको विपक्षमा रहेका दलसँग वार्ता गर्न रामचन्द्र पाैडेल सक्रिय

एमसीसीको विपक्षमा रहेका दलसँग वार्ता गर्न रामचन्द्र पाैडेल सक्रिय

  • 450
    SHARES
  • एमसीसीको विपक्षमा रहेका दलसँग वार्ता गर्न रामचन्द्र पाैडेल सक्रिय

    काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सोमबार अपराह्न माओवादी केन्द्रको संसदीय दलकाे कार्यालयमा पुगेर अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । दुई नेताबीच वार्ता जारी छ ।

    एमसीसीका विषयमा कुरा गर्न पौडेलले प्रचण्डलाई भेटेका हुन् । एमसीसी संसदमा पेश गर्ने र पारित गर्ने सन्दर्भमा सत्तारुढ गठबन्धनमै समस्या देखिएपछि कांग्रेसले माओवादीसँग वार्ता बढाएको हो ।

    कांग्रेस एमसीसी पारित गर्नुपर्नेमा स्पष्ट छ भने सत्तारूढ गठबन्धनका दल त्यसको विरोधमा देखिएका छन् । कांग्रेसले एमसीसी संसदबाट अनुमोदन गर्नका लागि समर्थन जुटाउन अन्य दलका शीर्ष नेताहरूसँग भेटघाट बाक्लो बनाएको छ । पौडेलले त्यसैका लागि अन्य दलसँग वार्ता सुरु गरेका हुन् ।

    त्यसअघि नेता पौडेलले जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij