Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भारतमा दैनिक संक्रमितको संख्या १५ हजारभन्दा कम

भारतमा दैनिक संक्रमितको संख्या १५ हजारभन्दा कम

  • 392
    SHARES
  • भारतमा दैनिक संक्रमितको संख्या १५ हजारभन्दा कम

    एजेन्सी, नयाँ दिल्ली । भारतमा दैनिक कोरोना संक्रमित थपिने संख्या १५ हजारभन्दा तल झरेको छ । 

    सोमबार रातिसम्म गरिएको परिक्षण नतिजा अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३४८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो अवधिमा ३४ हजार १४ ले कोरोनालाई पराजित गर्न सफल भएका छन् ।

    पछिल्लो २४ घण्टामा २३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या घटेर एक लाख ७१ हजार ७८९ पुगेको छ । तेस्रो लहर उच्च विन्दुमा हुँदा भारतमा सक्रिय संक्रमित झण्डै २३ लाख पुगेको थियो ।

    भारतमा संक्रमण दर घट्दै गएपछि सरकारले जारी गरेको प्रतिवन्धात्मक आदेशहरु क्रमशः खुकुलो पार्दै लगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij