Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आजै मतदाता नामावली सार्वजनिक हुने

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आजै मतदाता नामावली सार्वजनिक हुने

  • 625
    SHARES
  • नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आजै मतदाता नामावली सार्वजनिक हुने

    काठमाडौं । नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगामी १९ चैतमा नयाँ नेतृत्वका लागि हुने निर्वाचन प्रक्रिया आजबाट सुरु भएको हो ।

    निर्वाचन समितिका अनुसार आज अपराह्न ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनबाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।

    निर्वाचन समितिका अनुसार आज ४ बजे मतदाता नामावली प्रकाशन भएपछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij