Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

महिनावारी हुँदा शौचालय प्रयोग गर्न रोक

महिनावारी हुँदा शौचालय प्रयोग गर्न रोक

  • 1.0K
    SHARES
  • महिनावारी हुँदा शौचालय प्रयोग गर्न रोक

    मार्तडी । जिल्लाको बडीमालिका नगरपालिका-८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै शौचालय प्रयोग गर्न पाएकी छैनन् । छाउ भएका बेला उनी बिहान बेलुकी खोला र जंगलको झारी खोज्दै जाने गरेकी छिन् ।

    घर नजिकै बनाइएका शौचालयमा छाउ भएका बेला घरका मान्छेले प्रयोग गर्न नदिँदा जंगलको झाडी वा खोलामा धाउन बाध्य भएको रावलको गुनासो छ । छाउ भएका महिलाले शौचालय प्रयोग गर्न नमिल्ले मान्यता रही आएकाले सबैले पनि यसै कुरालाई प्रश्चय दिँदै आएको उनको भनाइ छ ।

    उक्त वडाका अधिकांश महिलाले छाउ भएका बेला गोठमै बस्ने र शौचालय प्रयोग गर्न नपाउने गरेको पाइएको छ । छाउ भएको समयमा घरभित्र बस्दा देउता रिसाउने र गाईभैँसीले दूध दिन छोड्नेजस्ता कुसंस्कार रही आएकाले महिलालाई घरभित्र बस्न नदिने गरिएको नाम नबताउने एक महिलाको गुनासो थियो ।

    उनका अनुसार परम्परादेखि मान्दै आएको प्रचलनलाई तोड्न सकिएको छैन । उक्त वडालाई छाउ गोठमुक्त घोषणाका लागि अनुगमनका क्रममा सम्बद्ध महिलाले आफ्ना समस्या दर्साएका थिए । धार्मिक परम्पराअनुसार महिला छाउ भएपछि घरभन्दा पर बस्नुपर्ने पोषिलो खानेकुरा खान नहुनेजस्ता  प्रचलन अझै व्याप्त छ ।

    वर्षाको समयमा छाउ बस्न कठिन हुने गरेको गौरीले बताइन् । उनले भनिन्, ‘भुईमा सुत्नुपर्छ, चिसोले सारै सताउछ, असुरक्षित महसुस हुन्छ, कीराफट्ग्रा र सर्पको निकै डर लाग्छ, आफ्नो समुदायका सबै यही छाउगोठमा आउँछौं र पराल बिछ्याएर सुत्छौ ।’

    गौरीले छाउ गोठमा बस्नुमात्र समस्या होइन शौचालय प्रयोग गर्न नपाउनु पनि अर्को समस्या भएको बताइन् । छाउगोठ शिक्षितकै घरमा पनि भेटिएका छन् । उक्त वडामा बढीजसो कर्मचारी र सुरक्षाकर्मीका घरमा छाउगोठ देखिएको थियो ।

    नगरपालिकाको छाउपडी गोठमुक्त अभियानअन्तर्गत वडा नं ८ मा यही फागुन २४ गते छाउगोठमुक्त वडा घोषण गर्ने तयारी गरिए पनि घोषणा चुनौतीको विषय भएको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij