वेबटिभी खबर
काठमाडौं । चर्चित गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । बुधबार राति लामाकाे हृदयघातका कारण निधन भएको थियो ।
बुधबार प्रधानमन्त्री देउवाले सामाजिक सञ्चाल मार्फत गायक तथा अभिनेता लामाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि व्यक्त गर्दै लामाको असमायिक निधनबाट मुलुकले गीत संगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij