Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह 

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह 

  • 711
    SHARES
  • युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह 

    काठमाडौं । युक्रेनमा रहेका नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । 

    साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ। युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी मन्त्रालयले दिएको छ ।

    त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

    ravel-advisory-on-Ukraine-1.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij