Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लमजुङ प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग 

लमजुङ प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग 

  • फाल्गुण ११, २०७८ बुधवार २०:३० बजे
  • 443
    SHARES
  • लमजुङ प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग 

    लमजुङ ।  लमजुङको बेशिसहर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय लमजुङलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको छ।  बेशिसहर नगरपालिकाका प्रमुख गुमानसिह अर्यालले नगरपालिकाले अपराध अनुसन्धानका लागि सहयोग होस भन्ने उदेश्यले प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको बताए ।

    नगरपालिकाका प्रमुख अर्यालले समाजमा शान्ति सुरक्षा कायम गर्न ड्रोन र कार्यालयको कामकाज सहज बनाउन ल्यापटपले सहयोग पुराउने बताए।बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी  नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई ड्रोन क्यामरा र ल्यापटप हस्तान्तरण गरेका हुन् ।

    ड्रोन क्यामेरा ६० हजार १ सय ७६ रुपियाँ ९९ पैसा र ल्यापटप ५५ हजार ३ सय १० रुपियाँमा खरिद गरी प्रदान गरिएको नगरप्रमुख अर्यालको भनाई छ । 

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij