वेबटिभी खबर
उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् ।
प्रदर्शनकारीले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारी सयौंका संख्यामा छन् । उनीहरूले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन् ।
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपति जाे बाइडेनको पुतला दहन गरेका हुन् । पुत्ला दहनपछि विद्यार्थीले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ६ राजनीतिक दलहरूले गरेको नेपाल बन्दको असर गाईघाट बजार पूर्ण रूपमा परेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij