वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ८ हजार ६२८ जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
आज ५५५ जना डिस्चार्ज हुँदा यो अवधिमा १ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij