Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राणा र राजाका धेरै श्रीमती पनि भारतीय थिए: प्रदीप यादव

राणा र राजाका धेरै श्रीमती पनि भारतीय थिए: प्रदीप यादव

  • चैत्र ३०, २०७७ सोमवार १५:२३ बजे
  • 852
    SHARES
  • राणा र राजाका धेरै श्रीमती पनि भारतीय थिए: प्रदीप यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले मानिसको रुपरंगका आधारमा राज्यले फरक व्यवहार गरिरहेको बताएका छन् ।

    आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै यादवले तराई क्षेत्रका धेरै नागरिकले देशको विकासका लागि योगदान गरे पनि उनीहरूलाई राज्यले सधैं शंकाको नजरले हेरको बताए ।

    उनले नेपाली नागरिकले विदेशबाट बिहे गरी ल्याएकी श्रीमतीलाई नेपालको प्रशासनले नागरिकता नदिएकोप्रति सरकारको ध्यानाकर्षण गरे ।

    ‘तराईको हुँदैमा र छाला कालो हुँदैमा राज्यले उसलाई विभेद गर्ने ? राज्यले नागरिकलाई यस्तो फरक व्यवहार गर्नुहुँदैन,’ उनले भने । उनले नेपालका राणाका र राजाका धेरैका श्रीमतीहरू भारतीय नै भएको पनि दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # प्रदीप यादव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij