वेबटिभी खबर
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अंकले ओरालो लागेर २ हजार ६५३.७० मा पुगेको छ ।
आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अंकले ओरालो लागेर ५०६.८४ मा पुगेको छ । यस दिन नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।
कूल २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० मा कारोबार भयो । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब ६७ करोड ८४ लाख २० हजार बराबरको बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जलविद्युत् ३४.०३ र अन्य १५.१ अंकले उकालो लागेको छ ।
यस्तै, बैंकिङ ११.३३, व्यापार ७.३४, होटल तथा पर्यटन २.५८, विकास बैंक २४.९६, वित्त १०.३९, निर्जीवन बीमा ३२.९५, उत्पादन ७१.१६, लघुवित्त ३१.०६, जीवन बीमा ११६.०२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.१६ अंकले ओरालो लागेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij