Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह

मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह

  • 446
    SHARES
  • मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह

    कर्णाली । निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।

    यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै उक्त कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।

    प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएका लगायत विभिन्न समस्या यही फागुन २६ गतेभित्र सुधार गरिसक्नुपर्ने बताए ।

    ‘प्रकाशित मतदाता नामावलीमा कसैको मृत्यु भएमा वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारले मृतकका हकमा मृत्यु दर्तासहित सम्बन्धित वडामार्फत प्रमुख नाम दर्ता अधिकारीलाई निवेदन दिनुपर्ने छ’, उनले भने, ‘मौखिकरुपमा कसैले मृत्यु भयो भने वा नागरिकता त्यागेको भन्ने कुरालाई आधार मानिने छैन ।’

    उनले प्रकाशित मतदाता नामावलीमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्ने जो कोहीले मतदानमा भाग लिन पाउने बताएका छन् । कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुरी दिन, दाबी विरोध गर्न, बसाइँसराइ लगायत विभिन्न कारणले नाम फरक परेका मतदातालाई नाम सच्याउन बताएका हुन् ।

    २०७४ मा सुर्खेतको मतदाता संख्या २ लाख ४ हजार ५७७ भई हाल २ लाख ४० हजार ८०१ हुने अनुमान गरिएको बताउँदै प्रदेश निर्वाचन अधिकारी चालिसेले त्यसका लागि सुर्खेतमा १३८ मतदानस्थल, ०७४ सालमा २६३ मतदान केन्द्र बढेर यो चुनावमा २९२ मतदान केन्द्र हुने बताए ।

    कर्णाली प्रदेशका सबै जिल्लाको मतदाता संख्या, मतदान स्थल र मतदान केन्द्र केही समयपछि उपलब्ध गराइने उनको भनाइ  ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij