वेबटिभी खबर
काठमाडौं । सुनको मुल्य मंगलबार प्रतितोला ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको बिक्री मुल्य तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा निर्धारण भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij