Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कृत्रिम हिमाल निमार्ण

कृत्रिम हिमाल निमार्ण

  • 424
    SHARES
  • कृत्रिम हिमाल निमार्ण

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख लगानीमा कृत्रिम हिमाल निर्माण गरिएको हो ।

    त्यस स्थानमा रहेको १०८ धाराको माथिपट्टि निर्माण गरिएको कृत्रिम हिमालको महाशिवरात्रिको अवसरमा मंगलबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले कृत्रिम हिमालको उद्घाटन गर्दै मुक्तिनाथ च्वयनधाम गण्डकी प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको बताए ।

    कृत्रिम हिमाल निर्माणसँगै उक्त ठाउँ आकर्षक देखिएको र यहाँ आन्तरिक पर्यटकको चहलपहल सुरुभएको धामका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । अन्नपूर्ण हिमश्रृङ्खलाको झल्को दिने गरी हिमालय आकृति निर्माण गरिएको छ ।

    मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम पथको सुरुआती बिन्दु हो । २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पथ यहीँबाट सुरु हुन्छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहावले कुँदेर बनाएको प्राकृतिक ढुंगे बगैँचाले जोकोहीलाई लोभ्याउन सक्छ ।

    च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताए । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षेनी बजेट विनियोजन गर्दैआएको छ ।

    पृथ्वीराजमार्ग नजिकै सेती नदी रहेको छ । गाछेपानीस्थित सेती नदी ढुंगाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएका छन् ।

    नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ)को नामले चिनिएको छ । कात्तिकमा मन्दिर सहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेर माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरिएको थियो ।

    यस स्थानमा मन्दिरको अलवा मुक्तिनाथकै झल्को दिने १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिंग, मोक्षकुण्ड, वृद्धाश्रम, उद्यान लगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीको लक्षित गर्दै बौद्धगुम्बा पनि च्यवनधाम परिसरमा छ ।

    मन्दिर क्षेत्रमा एक दशकको अवधिमा ३ करोड बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान संकलनसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराएका छन् । च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुर्दशी र शिवरात्रिमा भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij