Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बाइडेनले दिए पुटिनलाई ‘रूसी तानाशाह’ को संज्ञा

बाइडेनले दिए पुटिनलाई ‘रूसी तानाशाह’ को संज्ञा

  • 1.2K
    SHARES
  • बाइडेनले दिए पुटिनलाई ‘रूसी तानाशाह’ को संज्ञा

    अमेरिका । रूसले युक्रेनमा आक्रमण गरेपछि सिर्जित संकटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायकलाई एकताका साथ अघि बढ्न आग्रह गरेका छन् । 

    विश्वले कोभिड-१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दैगर्दा रूसले युक्रेनमा गरेको आक्रमणले पुनः विश्वमा तनाव बढेको उनले बताए । बाइडेनले एक घण्टाको सम्बोधनलाई रूसको युक्रेनी भूमिमा भएको हस्तक्षेप रोक्ने विषयमा केन्द्रित गरेका थिए । 

    बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पूटिनलाई ‘रूसी तानाशाह’ को संज्ञा दिँदै युक्रेनी सेनालाई अमेरिकी सहयोग रहिरहने बताए । यद्यपि उनले तत्काल अमेरिकी सेनालाई युक्रेन पठाउने वा नपठाउनेबारे कुनै प्रसंग राखेनन् । 

    उनले दुष्ट नजर लगाउँदै अघि बढेको ‘रूसी सम्भ्रान्तको कुटिल डुङ्गा’लाई जफत गरिछाड्ने प्रतिज्ञा गर्दा अमेरिकी सदनमा सत्तापक्ष र प्रतिपक्ष सदस्यहरूले तालीको गडगडाहटद्वारा स्वागत गरेका थिए, जुन पछिल्लो समय अमेरिकी कङ्ग्रेसमा दुर्लभ दृष्य थियो ।

    रूसविरुद्ध अभूतपूर्व आर्थिक प्रतिबन्ध र उत्तर एटलान्टिक सन्धि संगठनमा आवद्ध नरहेको (गैर-नेटो) मुलुक युक्रेनमा सैन्य सहायताको प्रवाहका लागि पश्चिमी सहयोगीहरूलाई एकजुट पार्न हप्तौंसम्म काम गरेपछि संसदमा गरेको सम्बोधनमा बाइडेनले विश्वव्यापी अमेरिकी नेतृत्व पुनर्जीवित भएको कुराको चित्र प्रस्तुत गरेका थिए ।

    उनले भने, ‘लोकतन्त्र र निरंकुशताबीचको लडाइँमा लोकतन्त्र अहिलेको अवस्थामा जागिरहेको कुरा सत्य हो ।’ 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij