वेबटिभी खबर
पर्वत । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो ।
गरिबीको रेखामुनि परेका परिवारहको तथ्यांक संकलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका ७ वटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त कार्य सुरु गरेको हो । गरिब परिवार पहिचान गरी उनीहरुलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन गर्न थालिएकोले सही र सत्य विवरण संकलन गर्नुपर्नेमा जोड दिइएको छ ।
यसको मूल्यांकन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ । गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरिवेक्षक ५ महिनासम्म फिल्डमा खटिएर तथ्यांक संकलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए ।
स्थानीय तहहरुका मातहतका बासिन्दालाई सही तथ्यांक टिपाउन आग्रह गरेका छन् । उनीहरुले जति धेरै सत्यतथ्य सूचना संकलन भयो त्यतिनै धेरै राज्यलाई सहजता र प्रत्येक्ष गरिब परिवारलाई राहत पुग्ने भएकाले झुटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए ।
जिल्लाभर परिचालन हुने ४१ जना गणक तथा सुपरिवेक्षकलाई जिससले तालिम समेत दिइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij