Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अभियोग लगाउने वित्तिकै मान्छे दोषी हुँदैन : कांग्रेस सर्लाही सभापति नागेन्द्रकुमार राय (अन्तर्वार्ता)

अभियोग लगाउने वित्तिकै मान्छे दोषी हुँदैन : कांग्रेस सर्लाही सभापति नागेन्द्रकुमार राय (अन्तर्वार्ता)

  • 773
    SHARES
  • अभियोग लगाउने वित्तिकै मान्छे दोषी हुँदैन : कांग्रेस सर्लाही सभापति नागेन्द्रकुमार राय (अन्तर्वार्ता)

    संघीय सांसदसमेत रहेका सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय यसपटक महाधिवेशन प्रतिनिधिमै चुनाव हारेपछि पुनः जिल्ला सभापतिमा उम्मेदवार हुन पाएनन् । संस्थापन पक्षका नेतासमेत रहेका राय सभापतिमा उठ्न नपाउने भएपछि उनकै कार्यसमितिका उपसभापति सुरेन्द्र प्रसाद सिंहलाई संस्थापन पक्षले सभापतिको उम्मेदवार बनाएको छ । तर, संस्थापनबाट उम्मेदवार बनाइएका सिंहमाथि भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेको कुरा अहिले जिल्लाभरि व्यापक बनेको छ । फागुन २३ गते सोमबार हुन लागेको जिल्ला अधिवेशनको सन्दर्भ, भ्रष्टाचारको मुद्दा चलिरहेका व्यक्तिलाई संस्थापनले किन उम्मेदवार बनायो ? अन्य सक्षम उम्मेदवार थिएनन ? यी विषयमा रायसँग वेबटिभी खबरले गरेको कुराकानीको सम्पादीत अंशः

    संस्थापन पक्षको भनेर तपाईको समेत समर्थनमा जिल्ला सभापतिको उम्मेदवार हुनु भएको सुरेन्द्र प्रसाद सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालत र सर्वाेच्च अदालतबाट सजाय पाउनु भएको रहेछ नि ?

    अभियोग लगाउने वित्तिकै मान्छे दोषी हुँदैन । विशेष अदालत हुँदै अहिले सर्वाेच्चमा मुद्दा चलिरहेको छ । अदालतले अन्तिम फैसला नसुनाउँदासम्म कसैलाइै दाषी मान्न सकिंदैन । 

    तपाईहरुले उम्मेदवार नपाएर भ्रष्टाचार मुद्दा लागेको व्यक्तिलाई उम्मेदवार बनाउनु भएको हो ?

    उम्मेदवार नपाएर हैन । तपाईहरुले व्याख्या गर्दा भ्रष्टाचार लागेको व्यक्ति भन्नुहुन्छ । हामी के भन्छौँ भने उहाँलाई फसाउन गलत प्रकृतिको मुद्दा लागेको छ ।

    त्यसमा उहाँले सर्वाेच्च अदालतबाट निश्चित रुपमा सफाइ पाउनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ । त्यो मुद्दामा कुनै तथ्य, सत्यता छैन जसले उहाँलाई सजायको भागेदार बनाओस् । कसैले रिसइवीले मुद्दा हाल्ने वित्तिकै उ दोषी भइहाल्छ भन्ने होइन । 

    मनुष्मारा सिंचाई आयोजनाको सिसौं फडानीको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । जुनसुकै बेला सजाय हुनसक्ने अवस्था त रहेछ नि ?

    उहाँलाई कतिबला सजाय हुन्छ भन्ने कुरा त अनुमानको विषय हो । कुनै व्यक्तिलाई आरोप लाग्दैमा अन्य क्रियाकलाप गर्नुुहुन्न, उम्मेदवार बन्नुहुन्न भन्ने पनि त छैन ।

    उहाँले गलत गर्नुभएको छ जस्तो त मलाई लाग्दैन । यदी गलत गर्नुभएको छ भने उहाँले सजाय पाउनुहोला त्यो कुनै ठूलो कुरा होइन ।

    यति हुँदाहुँदै पनि सिंहलाई नै संस्थापनले किन उम्मेदवार बनाएको ?

    उहाँ सभापतिका अर्का उम्मेदवार लक्ष्मण राय जिल्ला सभापति भएको समयमा पाँच वर्ष उपसभापति भइसको व्यक्ति हो । मेरो पालामा पनि मैले उहाँलाई नै उपसभापति मानोनित गरेको थिए । दश वर्ष उपसभापतिको अनुभव बटुलेको व्यक्ति भएका कारण हामीले उहाँलाई जिल्ला सभापतिको उम्मेदवार बनाएका हौँ । 

    यदि सिंहले चुनाव जित्नु भयो अनि अदालतबाट कारबाही हुने भयो भने पार्टीको जिल्ला सभापतिले सजाय पाएका कारण पार्टीलाई असर गर्दैन ? 

    त्यसले पार्टीको संगठनलाई केही असर पर्दैन । उहाँले सजाय पाउने वा नपाउने त्यो अदालतको सुझबुझको कुरा हो । हामीले जुन प्रमाणहरु पेश गरेका छौँ । त्यसले उहाँले सफाइ दिलाउँछ भन्ने कुरामा हामी विश्वस्त छौँ । यदि उहाँले सजाय पाउनुभयो भने पनि त्यसपछिको प्रक्रिया छुट्टै हुन्छ । यसले पार्टी वा संगठनलाई केही असर पार्दैन ।

    सर्लाही कांग्रेस अधिवेशन : भ्रष्टाचार मुद्दाका आरोपित बने संस्थापन पक्षका उम्मेदवार सर्लाही कांग्रेस अधिवेशन : भ्रष्टाचार मुद्दाका आरोपित बने संस्थापन पक्षका उम्मेदवार

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij