Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

शिक्षक माग्दै गाउँपालिका कार्यालयमा अभिभावक

शिक्षक माग्दै गाउँपालिका कार्यालयमा अभिभावक

  • 2.1K
    SHARES
  • शिक्षक माग्दै गाउँपालिका कार्यालयमा अभिभावक

    काठमाडौं । खाेटाङकाे रावा बेसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभुत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावकको माग छ ।

    स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालिन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी कटौति गरेको विद्यालयमा हाल नियमित ५० देखि ६० जना विद्यार्थी आइरहेकाले पुःन दरबन्दी माग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले बताए ।

    उनले भने,‘पहिला तत्कालिन जिल्ला शिक्षा कार्यालयले दरबन्दी कटौति ग¥यो, अहिले दरबन्दी दिने अग्राधिकार स्थानीय सरकारको हातमा छ, त्यसकारण स्थानीय सरकार समक्ष दरबन्दी माग गर्न गएका हौँ ।’

    उनका अनुसार गाउँपालिका अध्यक्षले महिना दिनभित्र शिक्षक उपलव्ध गराउने आश्वासन दिएका छन् । भला गुरुङको संयोजकत्वमा ५५ जनाको हस्ताक्षरसहित अभिभावक गाउँपालिकामा शिक्षक दरबन्दी माग गर्न पुगेका हुन् ।

    नजिकै अन्य विद्यालय नभएको, लेक क्षेत्र भएकाले मापदण्डअनुसार विद्यार्थी संख्या पु¥याउने अवस्था नभएको तर दरबन्दी कटौति हुँदा सा–साना बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

    सोही कारण विद्यालयलाई आरक्षण विद्यालय घोषणा गर्नुपर्ने अभिभावकको माग छ । विद्यालयमा कार्यरत निजी शिक्षक अवसर खोज्दै अन्यत्र जाने भएकाले पटक–पटक नयाँ शिक्षक खोजिरहनु पर्ने र पढाइको स्तर खस्किने भएकाले शैक्षिक स्थितरताका लागि दरबन्दी माग गरिएको अभिभावकको भनाइ छ ।

    २०२१ सालमा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पले विद्यालय चिराचिरा परेको छ । हाल विद्यालयको सोही भवन मर्मत गरेर प्रयोगमा ल्याएको छ । पुनः भूकम्प आए जनधनको क्षति हुने जोखिम रहेको अभिभावकहरू बताउँछन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij