Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सदरमुकामकै विद्यालयमा छैन खानेपानी र शौचालयको व्यवस्था 

सदरमुकामकै विद्यालयमा छैन खानेपानी र शौचालयको व्यवस्था 

  • 871
    SHARES
  • सदरमुकामकै विद्यालयमा छैन खानेपानी र शौचालयको व्यवस्था 

    काठमाडौं । दुरदराजका विद्यालय नभएर जिल्लाको सदरमुकाममा रहेका विद्यालयहरुमासमेत विद्यार्थीहरुका लागि आवश्यक शौचालय र खानेपानीको व्यवस्था छैन ।

    डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐरले विद्यालयमा शौचालय र पानीको व्यवस्था नहुँदा समस्या हुने गरेको बताउँछन् ।

    बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर, विद्यालयमा ६ जना मात्र विद्यार्थी नियमित आउँछन् । नगरपालिकासँग शौचालय र पानीको व्यवस्थापनका लागि माग गर्दा विद्याथी नभएको भन्दै पन्छिने गरेको उनले गुनासो गरे ।

    २०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ सालदेखि पठनपाठन सुरू भएको विद्यालयका प्रधानाध्यापक ऐर बताले बताए । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था रहेको उनले बताए ।

    उलने भने,‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिष्टम आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौं ।’ विद्यालयको समस्या बारे सम्बन्धित निकायमा पनि खबर गरेपनि विद्यार्थी कम छन् भन्दै आलटाल गरेको उनले बताए ।

    विद्यालयमा ६ वटा कक्षाकोठा छन् । एउटामा अफिस छ । दुई वटा कक्षाकोठामा विद्यार्थी राखिएको छ भने दुई वटामा ताला लगाएको छ । बालविकासदेखि तीन कक्षासम्म पढाइ हुने यो विद्यालयमा दुई स्थायी र एक जना करारका शिक्षक छन् ।

    बाल विकास र १ कक्षाका विद्यार्थीलाईसँगै राखेर पढाइन्छ भने कक्षा २ र ३ का विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन । ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँछन् । हामी सबैले एउटै कुरा पढनु पर्छ,’ उनले भनिन् । 

    शिक्षकको मनलाग्दी 

    पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा अमरगढी नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन गरेपछि कक्षा तीनसम्म मात्रै पढाइ हुन्छ । विगतका दिनमा विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय रहेको पूर्वविद्यार्थी पवन ऐरले बताए ।

    उनका अनुसार अहिले राम्रो पढाइ नहुने भएका कारण अविभावकले उक्त विद्यालयमा अभिभावकले आफ्ना बालबालिका त्यस विद्यालयमा पढाउन चाहादैँनन् ।

    विद्यालयमा शिक्षकको मनलाग्दी हुने गरेको विद्यार्थीहरू बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरले बताए । उनी भन्छन्, ‘कहिले काँही त विद्यालयमा हामी मात्रै आउँछौं ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij