वेबटिभी खबर
दमौली । तनहुँको व्यास नगरपालिका-४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आइतबार आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij