Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

घरमै खानेपानी पुगेपछि स्थानीय खुशी

घरमै खानेपानी पुगेपछि स्थानीय खुशी

  • 500
    SHARES
  • घरमै खानेपानी पुगेपछि स्थानीय खुशी

    काठमाडौं । घरघरमा पानी पुगेपछि बन्दीपुर गाउँपालिका–१ भैँसीगोठका स्थानीयहरु खुशी भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट संकलित रकम र जनश्रम योगदानबाट उक्त योजना सम्पन्न गरिएको हो ।

    विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका स्थानीयले घरमै पानीको धारा पुगेपछि खुशी भएका छन् । कूल १९ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले बताइन् ।

    उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट ११ लाख ५० हजार रुपैयाँ उपभोक्ताबाट ४ लाख ८५ हजार रुपैयाँ र ३ लाख ३० हजार रुपैयाँ बराबरको जनश्रम व्यहोरिएको थियो । उक्त योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

    गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब आउँदा दिनमा नहुने  उनले बताए । बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक  जनशक्ति नै खटाउनुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले बताए ।

    सोही वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तीमा पानी वितरण गरिएको हो ।  खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी ट्यांकी संकलन गरेर  वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

    कुवाको पानी पिउन बाध्य यहाँका बासिन्दालाई  सफा पानी खुवाउनका लागि बजेट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । गाउँपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसायिक पशुपालन, तरकारीखेती र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij