Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाँकेमा लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ 

बाँकेमा लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ 

  • 542
    SHARES
  • बाँकेमा  लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ 

    नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-१ बहादुरपुरबाट करिब ९० ग्राम लागू औषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा खजुरा गाउँपालिका-१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका-२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका-१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् ।

    उनीहरुको साथबाट म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij