Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

महामारीका कारण ब्राजिलमा खाद्यान्नको चरम संकट, दुई करोड भोकमरीको चपेटामा 

महामारीका कारण ब्राजिलमा खाद्यान्नको चरम संकट, दुई करोड भोकमरीको चपेटामा 

  • बैशाख १, २०७८ बुधवार १४:३६ बजे
  • 1.1K
    SHARES
  • महामारीका कारण ब्राजिलमा खाद्यान्नको चरम संकट, दुई करोड भोकमरीको चपेटामा 

    ब्राजिलिया । ब्राजिलमा कोरोना भाइरसको महामारीले एकतर्फ दैनिक हजारौं मानिसको मृत्यु भइरहेको छ । समाधिस्थलमा शव गाड्ने ठाउँसमेत छैन । अर्कोतर्फ, करिब दुई करोड मानिस भोकमरीसँग जुधिरहेका छन् ।

    २१ करोड जनसंख्या भएको देशमा करिब आधा जनसंख्याले राम्रोसँग खान पाइरहेका छैनन् । ब्राजिलको खाद्य सम्प्रभूता एवम् पोषण सुरक्षा अनुसन्धान नेटवर्कले जारी गरेको एक रिपोर्टमा महामारीपछि ब्राजिलमा देखिएको खाद्य संकटबारे उल्लेख गरिएको छ ।

    नेटवर्कका अध्यक्ष रेनाटो मालुफकाअनुसार सहरमा मानिसहरू सडक-सडकमा खानेकुरा माग्न सक्ने अवस्था रहे पनि ग्रामीण क्षेत्रमा हालात निकै नाजुक रहेको बताउँछन् ।

    विज्ञहरूको भनाइमा महामारीले बेरोजगारीसँगै महंगी नियन्त्रणभन्दा बाहिर पुगेपछि त्यहाँ मानिसहरू भोकै हुन थालेका छन् । 

    ब्राजिलियन इन्स्टिच्युट अफ ज्योग्राफी एन्ड स्टेटिक्सकाअनुसार गत एक वर्षमा देशमा धानको मूल्य ७० प्रतिशत र घरेलु ग्यासमा २ प्रतिशत वृद्धि भएको छ । रोजगारीको सिलसिलामा अमेरिका पुगेका ब्राजिलका नागरिकहरू पनि त्यहाँ खोप लगाउन नपाउँदा काम गर्न पाएका छैनन् । त्यहाँ पनि उनीहरू आर्थिक समस्यामा परेका छन् ।

    ब्राजिलमा अहिलेसम्म एक कराेड ३६ लाख मानिस काेराेना भाइरसबाट संक्रमित भएका छन् । संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या तीन लाख ५८ हजार सात सयमाथि पुगेकाे छ । 

  • सम्बन्धित विषय:

  • # ब्राजिल
  • # महामारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij