Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चितुवाको बच्चा मृतावस्थामा फेला

चितुवाको बच्चा मृतावस्थामा फेला

  • 477
    SHARES
  • चितुवाको बच्चा मृतावस्थामा फेला

    वालिङ । स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतावस्थामा फेला छ । वालिङ नगरपालिका-१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवाको बच्चा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको अवस्थामा भेटिएको हो । मरेको चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सबडिभिजन वन कार्यालय वालिङमा बुझाएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा पुगेर फर्केसँगै प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij