वेबटिभी खबर
बारा । बारा जिल्लामा चालू आर्थिक वर्ष ७८/७९ मा २ अर्ब ३७ करोड ४४ लाख बराबरको १ लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।
आव ०७८/७९ मा बाराका कृषकहरूले कूल ७ हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल १ लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको कुरा ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए ।
उक्त उत्पादित आलु कलैया बजारमा प्रतिकेजी २० देखि २५ सम्ममा बिक्री भइरहेको छ । जिल्लाको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडिह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलु खेतीको पकेट क्षेत्र भएपनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij