Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आर्थिक अभावले पाठेघरको रोग पाल्दै होइजाली

आर्थिक अभावले पाठेघरको रोग पाल्दै होइजाली

  • 380
    SHARES
  • आर्थिक अभावले पाठेघरको रोग पाल्दै होइजाली

    काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी आर्थिक अभावका कारण रोग पालिरहेकी छन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिनाभन्दा बढी भइसक्दा उपचार गर्ने पैसा नहुँदा घरमै रोग पालि रहनुपरेको छ ।

    उनले गत जेठमा  ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गरेकी थिइन । अस्पतालले पाठेघरमा संक्रमण भएको भन्दै उनलाई खाने औषधि दिएर घर पठाएको थियो ।

    स्वास्थ्यकर्मीले चाँडै निकाे हुने आश्वासन दिए पनि निकाे नभएकाे होइजालीका श्रीमान् दलसुर धामीले बताए । उनले भने,‘औषधि खाए पनि समस्या उस्तै छ ।’  स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहेको महिला स्वास्थ्यचौकीका इन्चार्ज धनराज ढकालले बताए ।

    अर्थावस्था निकै कमजोर रहेको उनको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडासमेत नभएको गुनासो गरेको इन्चार्ज ढकालले बताए । तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्तो हुने लगायत समस्या रहेको होइजालीले बताइन ।

    श्रीमतीको उपचारका लागि घरमा भएको भैँसी यसअघि नै बिक्री गरेर उपचार गरिसकेको र अब बेच्न केही पनि नभएको उनका श्रीमानले बताए । होइजालीजस्तै हुम्लाको ग्रामीण बस्तीका महिलामा पाठेघर खस्ने समस्याले बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

    जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । धेरै महिला यौन रोग लुकाएर पालिरहेका छन् । अफ्ठ्यारो अवस्थामा मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।

    यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली–अ‍ेराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने अशिक्षाका कारण लाज मान्ने प्रवृत्तिले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी ढकालले बताए ।

    दुर्गमका महिलाहरू अझै पनि वर्षौँ देखि रोग लुकाएर बस्ने गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij