वेबटिभी खबर
काठमाडौं । प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ । गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको छ ।
छिमेकी तथा आफन्तको सहयोगमा काठमाडौं पुर्याइए पनि आर्थिक समस्या भएपछि गिरीलाई उपचार नगरी २६ फागुनमा घर फर्काइएको हो। प्रेसरले ढल्दा गिरीको दाहिने आँखा र टाउको पछाडि चोट लागेको छ । उनको हाल सिंगो शरीर चल्ननसक्ने अवस्थामा पुगेको छ ।
गिरीले भारी बोक्ने, ज्याला मजदुरीको काम गर्दै श्रीमती र चार छोरीको लालनपालन गर्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण गिरीलाई सहयोग उठाएर ट्रमा सेन्टरमा लगिएको थियो । तर ट्रमा सेन्टरले अन्यत्र लैजान रेफर गरेपछि बौद्धस्थित निजी अस्पतालमा लगिएको थियो ।
केही समय आइसियुमा राखेपनि अधिक खर्च लाग्ने भएपछि परिवारले गिरीलाई घर फर्काएको स्थानीयअमृत गिरीले बताए । गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा लगिएपछि उनको मष्तिष्कमा रगत जमेको पत्ता लागेको थियो ।
कांग्रेस पालिका सभापति गिरीकै पहलमा बिरामीको उपचारका लागि ६८ हजार सहयोग संकलन भएको थियो । बिरामीलाई उपचारमा लगिएकोबेला संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।
प्रेसरले ढलेको केही समयपछि पहलमानलाई आफ्नै भतिजले फेला पारेका थिए । तर पहलमान नियमित मादक पदार्थ सेवन गर्ने गरेका कारण मातेर लडेको ठाने । परिवारले पनि मातेर लडेको ठाने । रातभरी नआएपछि भोलीपल्ट बिहान लिन जाँदा उनी गम्भीर अवस्थामा भेटिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij