Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आयात बढाउन चिनियाँ पक्ष सहमत

आयात बढाउन चिनियाँ पक्ष सहमत

  • 683
    SHARES
  • आयात बढाउन चिनियाँ पक्ष सहमत

    रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

    कोभिड-१९ संक्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गरेको प्रयास फलदायी भएको छ । ९ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए ।

    चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि याहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ । कोरोना संक्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भएपनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक ३ वटा ठूला कन्टेनरबाट आयात सुरू गरेको थियो ।

    अहिले दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन् । पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा ३, ६ हुँदै ९ वटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij