Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सडक विस्तारका क्रममा ३८४ रुख कटान

सडक विस्तारका क्रममा ३८४ रुख कटान

  • 434
    SHARES
  • सडक विस्तारका क्रममा ३८४ रुख कटान

    तनहुँ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलबारीदेखि बन्दिपुर-१को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ । करिब १० किलोमिटर सडक दूरीअन्तर्गत १ हजार ५ सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त संख्याका रुख कटान गरिएको हो ।

    छिमेकी जिल्ला पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिन पुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ ।

    उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भएपनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको गजुरमुखी निर्माण कम्पनीका इञ्जिनीयर कमल श्रेष्ठले जानकारी दिए ।

    जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइना पुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन् ।

    हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहेपनि ४९ किमी क्षेत्रमा काम सुरु नभएको उनको भनाइ छ । उक्त ४१ किमीमध्ये १० किमी गजुरमुखी निर्माण कम्पनी प्रालिले ठेक्का पाएपछि सडक विस्तारका कार्य गर्दै आएको छ ।

    उक्त कम्पनीका अनुसार ३४ किमी ८०० मिटरदेखि २४ किमी ८०० मिटरभित्रको बाँकी रहेको १० किमी सडक विस्तारका लागि उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो ।

    १० किमीमध्ये हालसम्म २ किमी सडकको रुख काटिएको जानकारी दिँदै उनले भने, ‘सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।’ कूल ६५ करोडमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसिमा रहेका छ ।

    उक्त क्षेत्रमा अहिले दैनिक ४० देखि ५० जनासम्म जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीका निर्देशक शान्ता महर्जनले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij