Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा

स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा

  • 469
    SHARES
  • स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

    सोमबार बिहान नुवाकोट पुगेका देउवाले त्यहाँका दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसी लगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij