Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आफू मन्त्रिपरिषद्मा रहँदा भीम रावलले किन एमसीसी पास गरेको ? प्रधानमन्त्री देउवा

आफू मन्त्रिपरिषद्मा रहँदा भीम रावलले किन एमसीसी पास गरेको ? प्रधानमन्त्री देउवा

  • 396
    SHARES
  • आफू मन्त्रिपरिषद्मा रहँदा भीम रावलले किन एमसीसी पास गरेको ? प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । प्रधानमन्त्री देउवाले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो भनेका हुन् ।

    कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रामक रहेको स्पष्ट पारेका छन् । उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषद्मा रहँदा उक्त परियोजना पास गरेको तर अहिले आएर विरोध गरेको बताएका हुन् ।

    प्रधानमन्त्री देउवले प्रश्न गरे , ‘आफैं मन्त्री भएका बेला मन्त्रिपरिषद्मा पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?’ देउवाले आक्रोशित हुँदै भने, ‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफैंले मन्त्रिपरिषद्मा पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबेला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?’

    प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट पारे । प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढेको बताए ।

    उनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोखेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij