Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तपाईंले लगाएको मास्क कति सुरक्षित ? 

तपाईंले लगाएको मास्क कति सुरक्षित ? 

  • 1.3K
    SHARES
  • तपाईंले लगाएको मास्क कति सुरक्षित ? 

    काठमाडौं । नेपालमा कोरोना भाइरसको तीनवटा भेरियन्ट फैलिएको विज्ञहरुले पुष्टि गरिसकेका छन् । जसले गर्दा आम सर्वसाधारणमा त्रास छाउनु स्वभाविक हो ।

    कोरोना रोकथामका लागि साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने, भौतिक दूरी कायम गर्ने र मास्क लगाउनु नै भरपर्दाे उपाय हो । 

    हामीले दैनिक प्रयोग गर्ने मास्क सहि तरिकाले कसरी लगाउने भन्ने जान्नु जरुरी छ । मास्क लगाउने सहि तरिक नजान्दा पनि संक्रमण सर्ने जोखिम भइरहन्छ । 

    कोरोनाको पहिलो चरणदेखि नै मास्कको प्रयोगमा जोड दिइएको छ । विश्वभरी कोरोना भाइरसले रुप परिवर्तन गरेर भवाभह स्थिती सिर्जना गरिरहेको छ ।

    यस अवस्थामा विज्ञहरु डबल मास्कको प्रयोगमा जोड दिन थालेका छन् । संक्रमणबाट बच्नको लागि यो उत्तम र सजिलो उपाय हो । 

    कस्तो अवस्थामा डबल मास्कको प्रयोग गर्ने ?

    कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ । परिवर्तित भाइरस संक्रमणको दर उच्च रहेको छ ।

    सिंगल मास्कको प्रयोग गर्दा किनारामा खाली रहेको ठाउँलाई समेत डबल मास्कले छेक्छ । यसले हामीलाई थप सुरक्षित बनाउँछ । 

    एकैपटक डबल सर्जिकल मास्क लगाउन सकिन्छ ?

    दुईवटा डिस्पोजेवल मास्क एकै पटक लगाउनु उपयुक्त हुँदैन । मास्क कागज जस्तो वस्तुबाट बनेको हुन्छ । सर्जिकल मास्कले नाक र मुखलाई पूर्ण रुपमा ढाक्दैन ।

    मास्क लगाउँदा किनारामा खाली ठाउँ रहन्छ । जसले गर्दा नाक र मुखबाट भाइरस शरीरभित्र जाने सम्भावना रहन्छ ।

    सर्जिकल मास्क लगाइसकेपछि त्यसमाथी कपडाको मास्क लगाउँदा खाली ठाउँ रहँदैन् । जसले गर्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ । 

    सर्जिकल मास्क लगाउँदा नाक र मुखलाई कभर गरेको छ भने मास्कको इलास्टिकमा गाँठो पार्न जरुरी हुँदैन । तर सर्जिकल मास्कले नाक र मुख पूर्ण रुपमा छोपेको छैन भने इलास्टिकमा गाँठो पारेर लगाउनु पर्छ । यसले गर्दा २० प्रतिशत सुरक्षा प्रदान गर्छ । 

    एन ९५ र के ९५ मास्कलाई डबल मास्क गर्न जरुरी छ ?

    एन ९५ मास्क र चीनमा बनेको के ९५ मास्कलाई मेडिकल मास्कमध्ये सबैभन्दा उत्तम मानिएको छ । यी मास्कको उचित प्रयोगबाट हामी ९५ प्रतिशत सुरक्षित हुन्छौं ।

    त्यहि भएर यी मास्कमा लगाउँदा डबल गर्नुपर्ने आवश्यकता छैन । यी मास्कको बजारमा अभाव भएर पाइएन भने डबल मास्कको प्रयोग नै अर्को विकल्प हो ।

    यसका साथै कोरियामा बनेको के ९५ मास्कलाई पनि प्रयोग गर्न सकिन्छ । यसमा पनि डबल मास्क लगाइरहनु पर्दैन ।  

    मास्क पूर्ण रुपमा फिट भए नभएको कसरी थाहा पाउने ?

    डबल मास्क प्रयोग गरिसकेपछि मास्क फिट भएको छ वा छैन भनेर परीक्षण गर्न जरुरी हुन्छ । फिट भए नभएको मास्कको किनारामा हात लगाएर थाहा पाउन सकिन्छ ।

    यदि किनाराबाट हावा बाहिर निस्किरहेको छ भने मास्कलाई मिलाएर लगाउनु पर्छ । पूर्ण रुपमा मास्क फिट छ भने मास्कभित्र तातो हावालाई महशुस गर्न सकिन्छ ।

    केही मानिसले मास्क फिट छ वा छैन भनेर फुकेर परीक्षण गर्छन् । यो मास्क फिटिङ परीक्षण गर्ने सहि तरिका होइन ।

    कोलम्बिया विश्वविद्यालयका केमिकल इन्जिनियर प्रोफेसर वी फयेकाअनुसार जुन मास्क पूरै तरिकाले फिट हुँदैन, यसबाट लगातार क्याण्डिल निभाउन सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij