Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिंह, धानुक र पन्त एआईजीमा बढुवा सिफारिस

सिंह, धानुक र पन्त एआईजीमा बढुवा सिफारिस

  • चैत्र १, २०७८ मंगलवार १९:५८ बजे
  • 596
    SHARES
  • सिंह, धानुक र पन्त एआईजीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा तीन जना डिआईजी एआईजीमा बढुवा सिफारिस  भएका छन्। मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

    फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थपको निर्णय गरेको थियो।  गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन्।  सिंह र धानुक एआईजी विश्वराज पोख्रेलकै ब्याची हुन्। वशन्त पन्त भने आईजीपी शैलेश थापाकै ब्याची हुन्। पन्त आगामी वैशाख १९ गते अनिवार्य अवकासमा जाँदैछन्। 

    तर सिंह र धानुक भने भावी आईजीपीको दौडमा समेत पुगेका छन्। यो सिफारिस सँगै भावी आईजीपीमा विश्वराज पोख्रेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुकबीच प्रतिस्पर्धा हुने भएको छ। 

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij