Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

संक्रमण बढेपछि बाँकेमा भारततर्फ जाने नाकामा रोक

संक्रमण बढेपछि बाँकेमा भारततर्फ जाने नाकामा रोक

  • 563
    SHARES
  • संक्रमण बढेपछि बाँकेमा भारततर्फ जाने नाकामा रोक

    नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमित बढेपछि भारततर्फ जान रोक लगाइएको छ ।

    सीमावर्ती भारतमा संक्रमण बढ्दै गएपछि भारततर्फ जान रोक लगाइएको हो । साथै भारतबाट नेपाल फर्केकालाई पनि सीमामा अनिवार्य कोरोना परीक्षण सुरु गरिएको छ ।

    सीमामा कडाईसँगै बाहिर हिडडुल गर्दा मास्क अनिवार्य गर्न प्रहरीले सचेत गराउने अभियान प्रहरीले चलाएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएको छ ।

    प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गराउने, शिक्षण अस्पताल कोहलपुरमा कोभिड वडा सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिए ।

    कोरोना संक्रमित बढेसँगै नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोभिड वडा भरिएको छ ।

    छिमेकी मुलुक भारतमा तीव्ररुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना संक्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij