Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

निजी क्षेत्रको ३५ लाख सहयोगमा अस्पताल स्तरोन्नति

निजी क्षेत्रको ३५ लाख सहयोगमा अस्पताल स्तरोन्नति

  • 499
    SHARES
  • निजी क्षेत्रको ३५ लाख सहयोगमा अस्पताल स्तरोन्नति

    वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकास्थित पोखरी अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको करिब ३५ लाख सहयोगमा ती कक्ष निर्माण गरिएको हो ।

    निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरी सहयोग गरिएको संघका अध्यक्ष सुबोध गुप्ताले बताए । हाल सञ्चालन ल्याइएका ती कक्षबाट बिरामीको उपचारमा थप सघाउ पुग्ने नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए ।

    उक्त अस्पतालले यस अगावै फार्मेसी, गर्भवती जाँच, भिडियो एक्स-रे, डिजिटल एक्स-रे, ओपिडी सेवा, नेबुलाइजर र २४ सै घण्टा आकस्मिक सेवा, एम्बुलेन्स लगायत सेवा प्रवाह गर्दै आएको थियो । अस्पतालमा दैनिक एक सय बिरामी उपचारका लागि आउने गर्छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij