Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पहिरोबाट विस्थापित २५ परिवारलाई जग्गा

पहिरोबाट विस्थापित २५ परिवारलाई जग्गा

  • 526
    SHARES
  • पहिरोबाट विस्थापित २५ परिवारलाई जग्गा

    खाँदबारी । खुंवासभाको सिलिचोङ गाउँपालिका-१ बेसिन्दा र चेप्चेवाका पहिरोले विस्थापितलाई जग्गा वितरण गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनः स्थापना गर्न जग्गा वितरण गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।

    गत २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका २५ परिवारलाई जग्गा खरिद गरि रजिष्ट्रेशन पास गरिएको र विस्थापित ९२ घरपरिवारमध्ये ३७ घरपरिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले बताए ।

    जिल्ला विपत् व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेसँगै गाउँपालिकाभित्र बस्न चाहने २५ घरपरिवारका लागि प्रतिरोपनी १ लाख २२ हजार ६४२ मा ५३ रोपनी खरिद गरिएको गाउँपालिका अध्यक्ष कुलुङले बताए ।

    यसैगरी १२ घरका लागि बखल्टुम गाउँमा प्रतिरोपनी २ लाखका दरले १७ रोपनी खरिद गरी हस्तान्तरण गर्न लागिएको छ । पहिरोबाट विस्थापित भएका अन्य केही परिवारलाई खाँदबारी नगरपालिका ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

    सिलिचोङका पहिरो पीडित ५५ परिवारलाई भने खाँदबारी नगरपालिका ल्याउने तयारी भइरहेको र त्यसका लागि जग्गा खोजबिन समिति गठन गर्न लागिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij