वेबटिभी खबर
चौतारा । शिक्षकलाई कोरोना भाइरस संक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
विद्यालयका प्रधानाध्यापकलाई मंगलबारदेखि कोभिड-१९ संक्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए ।
उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको आज जिल्ला स्वास्थ कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब संकलन गरी लगेको छ ।
त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्ने बताइएको छ । संक्रमित शिक्षक अहिले काठमाडौंमा होमक्वारेन्टिनमा रहेका शिक्षक ताराबहादुर श्रेष्ठले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij