Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चार्ल्स शोभराजको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजालसमा

चार्ल्स शोभराजको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजालसमा

  • 408
    SHARES
  • चार्ल्स शोभराजको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजालसमा

    काठमाडौं । बिकिनी किलर भनेर चिनिएका अपराधी चार्ल्स शोभराज गुरूमुखको बन्दीप्रत्यक्षीकरण मुद्दाको आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको छ । 

    गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए । शोभराज ७७ वर्षीय हुन् । असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ । सोहीअन्तर्गत उनले कैद छुटको माग गर्दै रिट दिएका हुन् ।

    सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको काठमाडौं र भक्तपुरमा दुई दिनको अन्तरमा भएको हत्या घटनामा उनी दोषी ठहरिएका छन् । उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij