वेबटिभी खबर
उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले गर्दा सरकारले चाहँदा पनि काम गर्ने वातावरण नभएको बताएका छन् ।
काठमाडौंको हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तल उद्घाटन गर्दै शनिबार नेकपा (एमाले) का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वानसमेत गरे ।
पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने काम सुरु हुनु मुलुकका लागि दुर्भाग्य हुने बताए । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनले स्पष्ट पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij