Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सेयर बजार दोहोरो अंकले वृद्धि

सेयर बजार दोहोरो अंकले वृद्धि

  • 430
    SHARES
  • सेयर बजार दोहोरो अंकले वृद्धि

    काठमाडौं । नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशलमव ०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशलमव ७० अंकमा पुगेको छ  ।

    नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अंकले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ । नेप्सेमा  ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ ।

    इमर्जिङ् नेपाल लिमिटेड को सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा  बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो । इमर्जिङ्  नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ ।

    मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन् ।

    सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनी को प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij